१ कार्तिक २०८३, आइतबार

पल शाहविरूद्धको मुद्दा दाहोर्‍याएर सुनुवाइ गर्न अनुमति

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बलात्कारको मुद्दा दाहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दाहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो ।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दाहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो ।

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ ।