१ कार्तिक २०८३, आइतबार

आजदेखि जैविक विविधता चलचित्र महोत्सव हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाल वातावरण पत्रकार समूहसँगको सहकार्यमा आजदेखि यहाँ जैविक विविधतासम्बन्धी चलचित्र महोत्सव हुँदैछ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, नेपालका लागि वन तथा वातावरण मन्त्रालय, विश्व वन्यजन्तु कोष नेपाल, जुलोजिकल सोसाइटी अफ लण्डनलगायत २० भन्दा बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यमा भारतीय संस्था ‘सीएमएस वातावरण’ले महोत्सव आयोजना गर्न लागेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्यावरण, प्राकृतिक स्रोत र वातावरणीय सम्पदा संरक्षणमा युवा सहभागितामा जोड दिइएका चलचित्र देखाइने छन् ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरण, वन्यजन्तु संरक्षण, जल संरक्षण, वन संरक्षण र दिगो जीविकोपार्जन जस्ता विभिन्न सान्दर्भिक वातावरणीय मुद्दाहरूमा विश्वका विभिन्न भागबाट १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र प्रदर्शन हुनेछन् ।