
सल्यान, १९ मंसिर । नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको टोली सल्यानको सल्लीबजार आइपुगेको छ ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान टोली मंगलबार बिहान सुर्खेतबाट सल्लीबजार आइपुगेको हो ।
यात्रा टोलीलाई स्थानीय नेता कार्यकर्ता तथा शुभेच्छुकहरूले फूलमालाले स्वागत गरेका छन् ।

यसअघि आजै बिहान अध्यक्ष ओलीले यात्राको क्रममा सुर्खेतस्थित निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका थिए ।












प्रतिक्रिया