२७ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओलीद्वारा भेरी–बबई डाईभर्सनको निरीक्षण (तस्वीरहरु)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका छन् ।

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानमा रहेका अध्यक्ष ओलीले आज बिहान सुर्खेतस्थित निर्माणाधीन भेरी–बबई डाईभर्सनको निरीक्षण गरेका हुन् ।

आयोजनाको निरीक्षण गर्दै अध्यक्ष ओलीले निर्माण कार्यमा गुणस्तरको कमी हुन नदिन र यथाशीघ्र निर्माण कार्य सम्पन्न गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

अध्यक्ष ओली प्रधानमन्त्री रहेका बेला विसं २०७६ बैशाखमा डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ब्रेक-थ्रू भएको थियो ।