२७ कार्तिक २०८३, शुक्रबार

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १८ मंसिर । मकवानपुरको हेटौंडा-१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका-१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा-१६ पानीस्वारा बस्ने ५६ वर्षीय जित बहादुर थिङ रहेका छन् ।

आइतबार दिउँसो पानीस्वारामा ट्याक्टर ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भएर पानीस्वारा भीरबाट खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याक्टर भीरबाट करिब ३०० मिटर तल खसेको थियो ।