२७ कार्तिक २०८३, शुक्रबार

बक्यौता नतिर्ने ३० कम्पनीलाई दूरसञ्चार प्राधिकरणको ताकेता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ३० वटा कम्पनीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ ।

नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार कम्पनीलाई प्राधिकरणले आइतबार एक सूचनामार्फत सम्पर्कमा आउन भनेको हो ।

बक्यौता रकम तिर्नका लागि पटक–पटक सम्पर्क तथा पत्राचार गर्दा पनि कम्पनीहरु सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ । ७ दिनिभत्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेनावनी दिएको छ ।