२७ कार्तिक २०८३, शुक्रबार

जनजाति महासंघको महाधिवेशन जेठमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन आगामी जेठमा हुने भएको छ ।

महासंघको अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा शुक्रबार भएको केन्द्रीय कार्यसमितिको पाँचौँ पूर्ण बैठकले प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ २६ गतेदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।

महाधिवेशन आयोजनाका लागि अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरू, महासंघमा आबद्ध जातीय संघका केन्द्रीय अध्यक्ष, उपत्यकाका जिल्ला अध्यक्ष रहेको एक सय एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको महासंघले जनाएको छ ।

महाधिवेशन कार्यतालिका अनुसार ७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा यही मंसिर ३० गते हुनेछ ।