२७ कार्तिक २०८३, शुक्रबार

नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १६ मंसिर । नेपाली कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन शनिबारदेखि सुरु हुँदैछ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइरालालगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनीधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागि हुनेछन् ।

सम्मेलन उद्घाटनको दिन शनिबार भने पार्टीका नेता कार्यकर्तासमेत गरी ७ देखि १० हजार जनाको सहभागिता हुने जनाइएको छ ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् । ती प्रतिवेदनमाथि प्रतिनिधिहरुको छलफलपछि पार्टीको आगामी कार्यदिशा तय गरिने बताइएको छ ।