२७ कार्तिक २०८३, शुक्रबार

काभ्रेमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, १६ मंसिर । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ स्थित पात्लेखेतमा शनिबार बिहान पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

वीपी राजमार्ग अन्तर्गत भकुण्डेबेशीबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१ च ८५९२ नम्बरको पिकअप गाडीको ठक्करबाट स्थानीय अन्दाजी ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका धिताललाई धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । धिताल बनेपास्थित विन्धवासिनी सहकारीमा कार्यरत कर्मचारी रहेका थिए ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।