
काठमाडौं, १६ मंसिर । जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघको कोप २८ सम्मेलनमा सहभागी हुने क्रममा युएईको दुबईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
भेटमा दुई पक्षीय हितका बारेमा पनि छलफल भएको बताइएको छ ।
यसैगरी प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलबीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा दुईपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।











प्रतिक्रिया