९ कार्तिक २०८३, सोमबार

सुरक्षाका नाममा घरभित्र थुनेर सरकारले बेवकुफ बनाउन खोज्यो: दुर्गा प्रसाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई घरमै थुनेर सरकारले बेवकुफ बनाउन खोजेको बताएका छन् ।

आज आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाएका हुन् ।

प्रसाईँले आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखेको र २७ सय जनालाई पक्राउ गरेको बताएका छन् ।

प्रसाईंले भोलि पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आफू पनि सहभागी हुने दाबी गरेका छन् ।