६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।