९ कार्तिक २०८३, सोमबार

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेलाई २ वर्ष कैद गर्ने अदालतको फैसला

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

सातजनामध्ये ६ जनालाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । अदालतले रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर गरेको हो ।

सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने अदालतले सफाइ दिएको हो । अदालतले उपप्राध्यापकको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ ।