
काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) ले मंसिर १४ गतेबाट सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका सन्दर्भमा पार्टीका महासचिव शंकर पोखरेलले आज सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रदेश ईन्चार्ज तथा केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको छलफलमा झुलाघाटबाट सुरू हुने अभियानको तयारीका बारेमा सुदूरपश्चिम प्रदेश ईन्चार्ज छबिलाल विश्वकर्मा र कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले रिपोर्टिङ गरेका थिए ।
छलफलमा उपमहासचिवद्वय प्रदीप ज्ञावाली र विष्णु रिमाल पनि सहभागी थिए ।
















प्रतिक्रिया