
काठमाडौं, ७ मंसिर । सर्वोच्च अदालतले सरकारसँग टीकापुर हत्याकाण्डका दोषीको सजाय मिनाह गर्नुको कारण माग गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गरेको हो । शारदा कडायत लगायतको मुद्वाको सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर रेशम चौधरी, हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदीप चौधरीलगायतको कैद मिनाह गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।















प्रतिक्रिया