९ कार्तिक २०८३, सोमबार

दुर्गा प्रसाईंको समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ।

पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले भोलि तीनकुनेमा गर्ने भएको हो । आज भने तीनकुनेमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेको थियो ।

पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले र्‍याली निकालेको थियो। उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भयो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो ।