३ कार्तिक २०८३, मंगलबार

पूर्वराजालाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- पराजित भइसकेको सामन्तीले टाउको उठाउन खोजिरहेको छ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

शङ्खधर दिवसका अवसरमा नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधनमन्त्री प्रचण्डले पराजित भइसकेका सामन्ती तत्वहरूले अन्तिमपटक टाउको उठाउन खोजेको भन्दै उनीहरुको सपना कहिल्यै पूरा नहुने बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए । उनले व्यवस्थाकाविरूद्ध षड्यन्त्र गरिरहे थप कठोर हुन बाध्य हुने समेत स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नेपालको मौलिक संवत् भएको भन्दै यसलाई राष्ट्रिय संवतको रूपमा विकसित तुल्याउनुपर्ने धारणा राखे ।

कार्यक्रममा समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गरेको थियो ।

सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल संवत्का तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो ।