तानसेन, २१ जेठ । पाल्पामा २१ तोला सुनसहित बुधबार दुई युवक पक्राउ परेका छन् ।
सुराकीको आधारमा बुटवलबाट स्याङ्जातर्फ जाँदै गरेका ती दुई युवकलाई सदरमुकाम तानसेनस्थित बर्तुङ नजिकै प्रहरीले तलाशी लिएर सुनसहित पक्राउ गरेको पाल्पाका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले बताउनुभयो ।
पक्राउ पर्नेमा पाल्पा जिल्ला हुगी गाविस–९ का कुलबहादुर विक र रिंगनेरह गाविसका ज्ञानबहादुर विक छन् ।
एक हप्ताअघि पाल्पाको तानसेनबाट २५ तोला सुन चोरी भएको थियो ।














प्रतिक्रिया