९ कार्तिक २०८३, सोमबार

हिन्दु राष्ट्रको माग गर्दै काँग्रेस नेता पराजुलीको प्रणाम यात्रा (भिडिओसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा प्रणाम यात्रा गरेका छन् ।

पराजुलीले धर्म सहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा सिंघिया घाटसम्म गरेका हुन् । घरदेखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ ।

काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै यो १९ औं दण्ड प्रणाम यात्रा गरेको बताए ।

उनले मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको समेत बताए । विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उनले जानकारी दिए ।

दण्ड प्रणाम यात्राका लागि शनिवारदेखि व्रत बसेको पराजुलीले बताए ।