
काठमाडौं, २ मंसिर । हिन्दुहरूको लोकपर्व छठ अर्थात सूर्य षष्ठी पूजाको दोस्रो दिन ब्रतालुहरूले खरना गरेका छन् ।
धार्मिक नियमपूर्वक जनविश्वासका साथ मनाइने चार दिने आस्थाको पर्व छठ शुक्रबारदेखि शुरु भएको हो । ब्रतालुले शनिबार निराहार व्रत बसेर राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खान्छन् ।
यो विधिलाई नै मिथिलामा ‘खरना’ भनिन्छ । छठ अन्तर्गत आइतबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने र पर्सिपल्ट बिहान उदाउँदो सूर्यलाई विधि पूर्वक अर्घ दिएपछि छठ विधिवत रुपमा सकिन्छ ।
छठ पर्वका अवसरमार तराईका क्षेत्रमा चहलपहल समेत बढेको छ । छठ पर्वमा नयाँ कपडा लगाउने चलन छ । हाल कपडा, खाद्यान्न तथा फलफुलका पसलहरूमा किनमेल गर्ने ग्राहकको भीड देखिन्छ ।















प्रतिक्रिया