३ कार्तिक २०८३, मंगलबार

भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण गर्न एमालेका स्वयंसेवक परिचालन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं, २ मंसिर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनःस्थापनाको कामका लागि नेकपा (एमाले)ले स्वयंसेवक परिचालन गरेको छ ।

भूकम्प प्रभावित क्षेत्र जाने एमालेका स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामाग्रीसहित शनिबार पार्टी कार्यालय च्यासलबाट विदाई गरेका हुन् ।

टोलीले स्थलगत अध्ययन गरेर स्थानीय पार्टी, पीडित र प्रशासनसँग समन्वय गरी काम सुरु गर्ने तयारी गरेको एमालेले जनाएको छ  । केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले रुकुम पश्चिम र जाजरकोटका सबै स्थानमा ११ सय स्वयंसेवकले दुई हप्ता काम गर्ने जानकारी दिए । पार्टीका विभिन्न जनसंगठन र मातहतका कमिटीहरुका स्वयंसेवकहरु ४० समूहमा बाँडिएर श्रमदानमा खटिने उनले बताए ।

उनले भत्किएका भग्नावेश हटाउने, मरेगलेका चौपाया हटाउने र पुनःनिर्माणको काम नहुन्जेलसम्म अस्थायी टहरा निर्माण गर्ने जानकारी दिए ।