९ कार्तिक २०८३, सोमबार

दिनभरका TOP 15 NEWS: सरकारको निर्णयविरूद्व अदालतमा मुद्वा दर्ता, चिसोले थप दुई भूकम्पपीडितको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले मुद्वा दर्ता गरेका हुन् ।

निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. षड्यन्त्र परास्त गर्ने : एकताबद्व भएर प्रतिगामी षड्यन्त्र परास्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका र केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा नपचेको धारणा ।

२. टिकटक बन्दविरूद्व मुद्वा : टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई यही मंसिर चार गते हुने, १० वटा रिट निवेदन दायर ।

३. एमालेको विशेष बैठक : नेकपा एमालेले भोलिका लागि बोलायो विशेष बैठक, बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने ।

४. सरकारमा फर्केला एमाले ? : कोशी प्रदेस सरकारमा एमालेलाई ल्याउने प्रयास भइरहेको नेपाली काँग्रेसका नेता शेखर कोइरालाको भनाइ, गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा ।

५. टिकटकलाई जवाफ : नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकलाई पठायो जवाफी पत्र, सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह ।

६. शंखरापुरमा झडप : काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदीमा प्रहरी र स्थानीयबीच झडप, विद्युत प्राधिकरणले निर्माण गरिरहेको शव स्टेसनमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा दुईजना सशस्त्र प्रहरी घाइते, चारजना स्थानीय पक्राउ ।

७. चिसोले थप दुईजनाको मृत्यु : चिसोले जाजरकोटमा दुईजना भूकम्पपीडितको मृत्यु, मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह ।

८. सुपारी लिएर आक्रमण : माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीनजनालाई प्रहरीले गर्‍यो सार्वजनिक, २ लाख तीसहजार सुपारी लिएर आक्रमण गरेको खुलासा, पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेची नगरपालिका–८ का कैलाश भन्ने टेकबहादुर प्रधान र कोहलपुर–१ का आशिष लामिछाने मगर ।

९. प्रहरी नै चोर भएपछि… : कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालको ल्यापटप चारेको आरोपमा शसस्त्र प्रहरीका असई पक्राउ, पक्राउ पर्नेमा असई रमेश भण्डारी ।

१०. लुकेन अपराध : फरार अभियुक्त तीस वर्षपछि कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ, कुटपिट मुद्वामार फरार रहेका धनबहादुर सुनारलाई पक्राउ गरी ६ महिनाका लागि जेल चलान गरिएको जानकारी ।

११. छठ सुरू : छठ पर्व आजदेखि सुरू, पहिलो दिन नहाय खाय विधिबाट शुभारम्भ ।

१२. भारतमा नेपाल एयरलाइन्स सम्मानित : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पायो उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान, भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको जानकारी ।

१३. भवन छैन कसरी पढाउने ? : जाजरकोट भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति, दसैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता ।

१४. निर्यातमा जोड : युक्रेनले ईयुमा अनाज निर्यातका लागि ‘ड्राइ पोर्ट’ निर्माण गर्ने, युक्रेनले सन् २०२२/२०२३ मा करिब ५८ मिलियन टन अन्न र तेलीय पदार्थ निर्यात गरेको युक्रेनी ग्रेन एसोसिएसनद्वारा जानकारी ।

१५. हाफिजलाई जिम्मेवारी : मोहम्मद हफिजले पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइँदै, पाकिस्तानी क्रिकेट बोर्डद्वारा हफिजलाई पाकिस्तानी टिमको निर्देशकको रुपमा समेत नियुक्त ।