
काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज एक कार्यक्रममा आफ्नै अगाडि झुट बोलेको सभापति लामिछानेले बताएका छन् । प्रधानमन्त्रीले कार्यक्रममा टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता र प्रतिपक्षी सबैसँग छलफल गरेको भनेर झुट बोलेको बताएका हुन् ।
लामिछानेले यस सन्दर्भमा रास्वपासँग वा रास्वपाका कुनै पनि नेतासँग औपचारिक तथा अनौपरिक कुनै पनि छलफल नभएको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीले आफ्नो झुटो अभिव्यक्ति सच्याउनुपर्ने लामिछानेको माग छ ।
प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति…
— Rabi Lamichhane (@hamrorabi) November 14, 2023















प्रतिक्रिया