३ कार्तिक २०८३, मंगलबार

नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

देवचुली नगरपालिकाको गोरे घुम्तीमा लु १ ज ३२७० नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकमध्ये ३ जना महिला र ३ पुरुष छन्। मृतकको सनाखत हुन सकेको छैन ।

ब्रेक फेल भएर जिप दुर्घटनामा परेको अनुमान गरिएको छ ।