
मकवानपुर, २३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभामा व्यापक प्रहरी परिचालन गरिएको छ ।

विशेष साधारण सभा स्थल मकवानपुरको हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेस परिसरमा व्यापक प्रहरी परिचालन गरिएको हो ।

विशेष साधारण सभामा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेको एन्फा केन्द्रीय समिति सदस्य एवं एन्फा मकवानपुर जिल्ला अध्यक्ष टीकाराम लामाले बताए ।
गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । कुल ११० प्रतिनिधि रहेकोमा साधारण सभामा ८७ जनाले मताधिकार प्राप्त गरेका छ्न् । विशेष साधारण सभा केहिबेरमा सुरु हुने बताइएको छ ।












प्रतिक्रिया