२७ कार्तिक २०८३, शुक्रबार

नवनियुक्त सर्वोच्च अदालतका चारजना न्यायाधीसले लिए शपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थीतिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त चार जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।