२९ आश्विन २०८३, बिहिबार

विद्यार्थी नभएपछि २ विद्यालय बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solukhumbu_districtसोलुखुम्बु, २१ जेठ । विद्यार्थी सङ्ख्या शून्य भएपछि सोलुखुम्बु चौंरीखर्कको एक र नाम्चेको एक विद्यालय बन्द भएका छन् ।

यस शैक्षिकसत्रमा विद्यार्थी शून्य भएका चौंरीखर्क गाविसको कर्म जनसेवा प्राथमिक विद्यालय र नाम्चे गाविसको नाम्चे प्राथमिक विद्यालय बन्द गरिएका हुन् ।

एकजना पनि विद्यार्थी नभएपछि ती विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी शङ्कर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यहाँका शिक्षकलाई काजमा अन्यत्र पठाउने तयारी भइरहेको छ । विद्यालयको भौतिक सम्पत्ति संरक्षण गर्ने जिम्मा स्थानीय संस्थालाई दिइएको छ ।