६ कार्तिक २०८३, शुक्रबार

पर्वतमा बिद्यालय भवन बनाउँदै एमालेका स्वयसेवक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale– दुर्गाप्रसाद शर्मा
पर्वत, २२ जेठ । नेकपा(एमाले) पर्वतले क्षेत्र नं २ को पुनर्निर्माण तथा स्वयसेवक परिचालन अभियानका क्रममा वहाकी गाबिसका बिद्यालय भवन निर्माण गर्न सुरु गरेको छ ।

भूकम्पबाट प्रभावित क्षेत्रमा पुननिर्माण तथा पुर्नस्थापनाको काम गर्ने उद्देश्यले गठित स्वयम सेवक परिचालन अभियान अन्र्तगत क्षेत्र नं २ को टोलीले वहाडकी सगरमाथा माबि अस्थायी टहरा निर्माण गर्न सुरु गरेको हो ।

टोलीले भूकम्पबाट भवन भत्केको सगरमाथा माबिमा ४ कोठे अस्थायी टहरा निर्माण कार्य सुरु गरेको टोलीका कमाण्डर एमाले पर्वतका उपसचिब पदमपाणी शर्माले जानकारी दिए । अभियानकै क्रममा अर्को टोलीले बर्राचौर गाबिसको जनसेवा प्राबिमा पनि मर्मतको काम थालेको तथा रानीपानीका बिद्यालयहरुमा पनि मर्मतको काम थालेको उनले जानकारी दिए ।

पाखापानीबाट सुरु भएको अभियान अन्र्तगत दक्षिणका भूकम्प पीडित गाबिसका बिद्यालय र सर्वसाधरणको जोखिमयुक्त घर भत्काउने, मर्मत गर्ने र बिद्यालयहरुमा अस्थायी टहरा बनाउने काम अभियानकै रुपमा भैरहेको शर्माले जानकारी दिए ।

अभियानका लागि विभिन्न ८ वटा क्षेत्र बनाएर काम भैरहेको छ । शंकरपोखरी, थापाठाना, कार्किनेटा र भंगारामा एउटा टोली, मुडिकुवा, देबिस्थान, खानीगाउँ, कुर्घा, पाङ्गराङ्ग र बाच्छामा अर्को टोली परिचालन गरिएको छ। यस्तै ठानामौला, लिमीठाना र फलामखानीमा एउटा टोली, लुंखु, पाखापानी, भोक्सिङ्ग र बालाकोटमा अर्को टोली परिचालन गरिएको छ ।

भोर्ले, सरौखोला, हुवास, त्रिबेणी र टकलाकमा अर्को टोलीले काम गर्ने तथा होस्राङ्गदी उरामपोखरा र बेउलीबासमा पनि छुट्टै टोली परिचालन गर्न लागिएको छ । शालिग्राम, वहाकी, रानीपानी र बर्राचौरमा छुट्टै टोली परिचालन गरिने शर्माले बताए । जिल्ला, क्षेत्रीय र गाउँ कमिटीका पदाधिकारी तथा जनसंगठनका नेताहरुलाई आफुलाई पायक पर्ने ठाउँमा परिचालन गरिएको छ ।

अभियानमा एमालेका जिल्ला कमिटी सदस्यहरु, क्षेत्रीय कमिटिहरु, गाउँ तथा वडा कमिटीहरु र जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । महाभूकम्पबाट क्षतविक्षत भएको गाउँमा पुगेर जनताको दुःखमा साथ दिने एमालेको नीति भएका कारण एमाले पर्वतले पनि उक्त अभियान सञ्चालन गरेको सचिब शर्माले बताए ।