– सन्दिप भट्ट
चितवन, २२ जेठ । चितवनको पश्चिम क्षेत्रमा पर्ने माडीसंग जोडीएको लागी चितवन राष्ट्रिय निकुञ्जले नयाँ पदयात्रा संञ्चालनमा ल्याएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पाईने चराचुरुङ्गी तथा बन्यजन्तुको अवलोकन गर्दै नयां पदयात्राको सुरुवाद गर्न लागीएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । विश्व वातावरण दिवशको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले पदयत्राको परीक्षण गरेको छ ।
२० औं बन्यजन्तु सप्ताह समापनको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, तथा पटिहानी उपभोक्ता समुहको सहकार्यमा त्यस क्षेत्रलाई उत्कृष्ट पदयात्राको रुपमा विकास गर्न पदयात्राको उद्घाटन गरेको थियो ।
पदयात्रा मार्फत त्यस क्षेत्रका स्थानियहरुको आर्थिक सम्बृद्धि गराउने उद्देश्यले पदयात्राको नयाँ मार्गको खोजी गर्दै छितामाई, बमेली क्याम्प हुँदै माडीसम्मको पदयात्राको मार्ग तय गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए ।
‘हामीले पदयात्राको विस्तारका लागि ४ कुरामा ध्यान दिन जरुरी छ’ उनले भने, ‘चोरी सिकारी नियन्त्रण, गैंडाको संरक्षणका लागि बासस्थान सुधार, मानव र वन्यजन्तु विचको द्धन्द्ध ब्यावस्थापन गर्नुपर्छ, र पर्यापर्यटनको माध्यामवाट स्थानिय समुदायलाई रोजगारीको वातावरण्ण दिन जरुरी छ ।’
















प्रतिक्रिया