काठमाडौँ, २२ जेठ । काठमाडौंमा शसक्रबार सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
चन्द्रागिरी नगरपालिका–२२ नैकाप ओरालोमा ना.३ ख ९१६ नम्वरको ट्रकले विहिबार बा.४६ प ३९५१ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकल चालक काभ्रे बनेपा घर भएका ३० बर्षीय अमित कचेलाको बिर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















प्रतिक्रिया