रोल्पा, २२ जेठ । रोल्पामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा भावाङ-१ घर भई लिवाङ नगरपालिका–२ सातदोवाटो डेरा गरी बस्ने ३१ बर्षीया दिलमाया घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेकी घर्तीले विहिबार साँझ ३५ बर्षीय श्रीमान अजय घर्तीलाई घाँटीमा रहेको गल्बन्दीले कसेर हत्या गरेकी थिइन् ।
प्रहरीको प्रारम्भिक बयानमा श्रीमानले परपुषसँग सल्किएको भनेर गालि दिएकाले सहन नसकेर हत्या गरेको बताईएकी छिन् । प्रहरीले दिलमायालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।















प्रतिक्रिया