२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय सरसफाइ सप्ताह विहिवारदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kulla-dishaकाठमाडौँ, २१ जेठ । ‘खुला दिसामुक्त गर्दै अघि बढ्यो नेपाल, सफा सुन्दर गाउँ सहर तराई पहाड हिमाल’ भन्ने नाराका साथ यही जेठ २२ देखि २८ गतेसम्म १५ औ राष्ट्रिय सरसफाइ सप्ताह विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

एवम् खानेपानी तथा ढल निकास विभागद्वारा आयोजना हुने सो कार्यक्रममा सरसफाइका बारेमा जनचेतना अभिवृद्धि गर्ने, यसका लागि स्थानीय स्रोत साधनको परिचालन गर्ने र सरसफाइ सुविधाबाट वञ्चित समुदायलाई मूलप्रवाहमा ल्याउने रहेका छन् ।

विसं २०६८ देखि सुरु गरिएको खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रमअन्तर्गत हालसम्म विभिन्न १३ जिल्ला, १६ वटा नगरपालिका र एक हजार ३९० गाउँ विकास समिति खुला दिसामुक्त भइसकेका छन् ।

खानेपानी तथा ढल निकास विभागद्वारा कार्यक्रमका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक ईश्वरी पौडेलले सरसफाइ अभियानलाई विभागले विभिन्न कार्यक्रममार्फत अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

सन् २०१७ सम्ममा सबै घरधुरीमा आधारभूत खानेपानी र सरसफाइ सुविधा(चर्पी)मा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको छ । यसका लागि सरकारले सरसफाइ गुरु योजना विसं २०६८ लागू गरिसकेको छ ।

हालसम्म सरसफाइको पहुँच पुग्नेको सङ्ख्या ६२ प्रतिशत रहेको छ ।