
काठमाडौं, १३ कात्तिक । गत शुक्रबार मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा एकै परिवारका चारजनाको हत्या भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ पर्नेको परिचय खुलाएको छैन ।
शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको घरमै हत्या भएको थियो ।
तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया