२७ कार्तिक २०८३, शुक्रबार

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सोमबार बस्दैछ ।

दिउँसो २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने जसपाले जनाएको छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थान रिक्त छ ।

बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे समेत समीक्षा हुने बताइएको छ । जसपाले गत भदौदेखि पार्टी विस्तार र सुदृढीकरणसम्बन्धी तीन महिने अभियान सञ्चालन गरिरहेको छ ।