८ कार्तिक २०८३, आइतबार

नविना लामासहित एमाले नेताहरू सवार गाडी दुर्घटना

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेकपा (एमाले) की नेतृ नविना लामासहित एमाले नेताहरू सवार गाढी काभ्रेको बेथाञ्चोक गाउँपालिका वडा नम्बर-१ निगालडाँडामा दुर्घटना भएको छ ।

तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा१४ च ७०७७ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा एमाले केन्द्रीय सदस्य लामासहित ११ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा नेतृ लामासहित स्याङ्जाको पुतलीबजार–५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका १३ वर्षीय छोरा शुभम श्रेष्ठ, ५ वर्षीय छोरा सुरज श्रेष्ठ, खानीखोला गाउँपालिका–५ की ४० वर्षीया रचना मगर, उनकी १६ वर्षकी छोरी इन्जिला सोडारी, दोलखाको कालिन्चोजक गाउँपालिका–३ की ३२ वर्षीया मिना श्रेष्ठ, सोही ठाउँका ३५ वर्षीय गोविन्द श्रेष्ठ, खानीखोला गाउँपालिका–६ का ३५ वर्षीय दिपेन्द्र राना, पाँचखाल नगरपालिका–१२ की ३५ वर्षीय भक्तकुमारी लामा र बेथानचोक गाउँपालिका–१ का ७४ वर्षीय सिङ्त्तान तामाङ रहेका छन्।

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । लामाको टाउको र बायाँ हातमा चोट लागेको छ।