८ कार्तिक २०८३, आइतबार

गठबन्धन सरकार भत्किनुपर्छ तर एमाले सरकार ढाल्ने खेलमा छैन: पदम गिरी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन नसक्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुक बर्बादितर्फ जाने र आर्थिक क्षेत्र पनि सुधार हुन नसक्ने बताएका हुन् ।

अहिले आर्थिक क्षेत्र धरासयीमात्रै नभएर मन्दी नै आइसकेको भन्दै उनले आर्थिक रुपमा असफल मुलुक बन्ने खतरा रहेको जिकिर गरे । गिरीले छिटो भन्दा छिटो गठबन्धन भत्केर नयाँ कोर्षबाट राजनीतिलाई अघि बढाउनुपर्ने धारणा राखे ।

गिरीले गठबन्धनको सरकार भत्कनुपर्ने भएपनि एमाले भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गरे ।