२७ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओलीद्धारा चीनका पूर्वप्रधानमन्त्री लीको निधनप्रति दुःख व्यक्त

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत अध्यक्ष ओलीले खछ्याङको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘पूर्वप्रधानमन्त्री ली खछ्याङको आकस्मिक निधनले गहिरो दुःख लागेको छ । मैले हाम्रा भेटहरूका सम्झनाहरू मन पराएको छु, विशेष गरी सन् २०१६ मा भएको नेपालका लागि चुनौतीपूर्ण अवधिमा,’ ओलीले स्मरण गर्दै भनेका छन्, ‘उहाँको परिवार र चीनका जनताप्रति मेरो गहिरो र हार्दिक समवेदना छ ।’

शुक्रबार हृदयघातका कारण चीनका पूर्वप्रधानमन्त्री खछ्याङको निधन भएको थियो ।

खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङ गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए ।

एक दशक चीनको प्रधानमन्त्री रहेका उनी आर्थिक सुधारवादी नेताको रुपमा छबि बनाएका थिए ।