२७ कार्तिक २०८३, शुक्रबार

एमालेविरुद्ध नलाग्न महेश बस्नेतको चेतावनी

10k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले एमालेविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।

पछिल्लो दिनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध राजावादी समूहले भ्रम फैलाएपछि नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

‘अग्निले सबैको हित गर्छ । जलाउनु उस्को प्राकृतिक गुण हो, बल्नु उसको धर्म हो । अग्निलाई आगो ठानेर हाम फाल्नेहरु जल्न र हात हाल्नेहरु बल्न तयार हुनुपर्छ । एमाले विरुद्ध लाग्नेहरुका लागि ।’ नेता बस्नेतले चेतावनी दिँदै फेसबुकमा लेखेका छन् ।

यसअघि, आजै एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले नेतृत्वविरुद्ध अनावश्यक भ्रम छर्ने काम भइरहेको भन्दै भ्रामक प्रचारको निन्दा र भर्त्सना गरेका थिए ।

महासचिव पोखरेलले पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे भन्दै अहिले राजावादीहरु कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको बताए ।

‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो ।’ महासचिव पोखरेले भनेका छन्, ‘नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं ।’