६ कार्तिक २०८३, शुक्रबार

राति पिसाब फेर्न निस्केका बालकको १० दिनपछि खेतको खाल्डोमा लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

death-bodyसिराहा, २१ जेठ । १० दिन पहिलेदेखि हराएका एक बालकको विहीबार शव फेला परेको छ ।

सुखीपुर–६ बस्ने महावीर भण्डारीको छोरा १० वर्षीय श्रवणकुमार भण्डारीलाई अपहरण गरी हत्या गरेको अभियोगमा सुखिपुर–६ बस्ने २५ वर्षीय दिनेश यादवसहित ३ जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

जेठ १० गते राती पिसाव फेर्न गएको बालक नफर्केपछि खोजी गर्नेक्रममा मोहनपुर कमलपुर–३ स्थित खेतमा मारी गाडेको अवस्थामा बिहिबार शव फेला परेको हो ।

छोरा हराएपछि उनका बाबुले ईलाका प्रहरी कार्यालय सुखिपुरमा उनका आफन्तलाई फोन गरी २० लाख रुपैयाँ मागेको भनि जानकारी गराएका थिए ।