काठमाडौँ, २१ जेठ । सर्लाहीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
सर्लाही हेमपुर–५ बस्ने ६० बर्षीया मधुवा देवी झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । उनलाई विहीबार सोही ठाउँको बाँसको झाङमा आफैले लगाएको साडीमा बेरिएर पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।
यसैगरी सर्लाही रामवन-९ बस्ने २५ बर्षीय उमेश साह बुधबार आप्mनै घरको कोठाको बलोमा नाईलनको डोरीको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङ बेनिघाट–८ बस्ने ३५ बर्षीया मैया सुनार बुधबार खहरे खोलाको किनारको पिपलको रुखमा दाम्लोको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छन् ।















प्रतिक्रिया