मोरङ २१ जेठ । सत्ता सझेदार दल नेकपा एमालेले महाभूकम्पले अत्याधिक क्षति भएको पुर्वी पहाडी भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा गर्न माग गरेको छ ।
एमालेको कोशी अञ्चल कमिटीले भोजपुरलाई तत्कालै भूकम्प प्रभावित जिल्ला घोषणा गर्न माग गरेको हो । एमालेका केन्द्रीय सदस्य एवं कोशी अञ्चल इन्चार्ज जीवन घिमिरेले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै भोजपुरलाई भूकम्प प्रभावित जिल्लामा समेट्न माग गर्नुभएको हो ।
कोशी अञ्चलको ६ जिल्लामध्ये भोजपुर भूकम्पले सबैभन्दा बढी प्रभावित भएको जिल्ला हो । भूकम्पले भोजपुरमा ३२ सय घर पूर्णरुपमा क्षति, ५ हजार पाँचसय १२ वटा घर आंशिक क्षति, ३५ वटा विद्यालय क्षतिग्रस्त, २ जनाको मृत्यु भएको छ ।
भूकम्पले भोजपुरका ६४ वटा गाविस मध्ये ५४ गाविसमा क्षति पुर्याएको छ । पत्रकार सम्मेलनमा कोशी अञ्चल इन्चार्ज घिमिरेले १ सय टन चामल र १० लाख रुपैया नगद संकलन गरेको जानकारी दिनुभयो ।
यसैगरि कोशी अञ्चलवाट सिन्धुपाल्चोकमा २१ टन र भोजपुरमा एक ट्रक चामल पठाइएको वताउनुभयो । भोजपुर २५० वटा पाल , एक सय कम्वल र एकवटा म्याट वितरण गरिएको घिमिरेले बताउनुभयो ।















प्रतिक्रिया