पर्सा, २१ जेठ । बारा–पर्साका बासिन्दालाई आज बिहानदेखि परेको वर्षाले राहत प्रदान गरेको छ ।
लगातार ४२ डिग्रीभन्दा बढी तापक्रमको गर्मी खेपिरहेका सर्वसाधारणलाई बिहान ६ बजेदेखि सुरु भएको वर्षाले ठूलो राहत प्रदान गरेको छ ।
पानीको अभावमा असारे धानको बेर्ना तयार गर्न नसकेका बारा–पर्साका किसानलाई समेत बिहान परेको वर्षाले राहत प्रदान गरेको छ ।
गण्डक नहरमा पानी नआएपछि आकासे पानीको भर परेका किसानले बिहानदेखि परेको बर्खे पानीका कारण धानको बेर्ना तयार पर्न सकिने भएका छन् । साथै पानीले आँप, लिच्ची जस्ता मौसमी फललाई समेत फाइदा पु¥याउने किसानले बताएका छन् । रासस















प्रतिक्रिया