भद्रपुर, २१ जेठ । शुद्ध मह भनेर नक्कली मह बेच्ने कार्यमा संलग्न दुई जनालाई शनिश्चरे–७ स्थित नयाँ बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी जिल्लाको भासी गाविस–५ बस्नेद्वय १८ वर्षीय पिन्टु धामी र सोही ठाउँ बस्ने २३ वर्षीय राजेश यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
आफूहरुले बढी आर्थिक लाभ लिने उद्देश्यले तरल पदार्थ मिसावट गरी शुद्ध मह भनेर बेच्ने गरेको उनीहरुले स्वीकारेका छन् । दुवै जनामाथि आवश्यक कारबाही थालिएको छ ।













प्रतिक्रिया