काठमाडौं, २० जेठ । बुधबार नेपालमा पाँच वटा भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार हुम्लामा गएको नयाँ भूकम्पसँगै दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको हो । केन्द्रका अनुसार पछिल्लो भूकम्प दोलखा केन्द्रविन्दु भएर साझ ५ बजेर ३८ मिनेटमा गएको थियो ।
दोलखामा केन्द्रविन्दु बनाएको भूकम्पको धक्का ४ दशमलब ५ रेक्टरमा महसुस भएको थियो । यस्तै, दोलखा केन्द्रविन्दु भएरै २ बजेर २९ मिनेटमा धक्का महसुस गरिएको थियो ।
केन्द्रका अनुसार बुधबारै सिन्धुपाल्चोकमा भूकम्पका दुई महसुस भएका छन् । दिउँसो १ बजेर ३७ मिनेट ४ दशमलब ५ रेक्टर र विहान २ बजेर ४५ मिनेटमा ४ दशमलब १ रेक्टरमा भूकम्पको धक्का महसुस भएको थियो ।
बुधबारै हुम्लामा पनि नयाँ भूकम्प गएको छ । नेपाली समयअनुसार बुधबार बिहान २ बजेर ८ मिनेटमा ४ दशमलव ७ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।
पछिल्लो समय परकम्पन आउने क्रम भइरहेका बेला बुधबार एकैदिन पाँच वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । जमिनको चट्टानी भागमा प्लेटहरु उथलपुथल भएकाले एकै दिन धेरै धक्काहरु महसुस भएको र त्यसबाट नआत्तिन उहाँले आग्रह गर्नुभयो ।
















प्रतिक्रिया