काठमाडौं, २० जेठ । विनाशकारी भूकम्पको चपेटामा परेका आम नागरिकलाई आफ्नोतर्फबाट सक्दो राहत पुर्याउन नेकपा एमालेले सुरु गरेको स्वयम्सेवक परिचालन अभियानको ११औं दिन पनि जारी रह्यो ।
बुधबार देशका २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा एमालेका स्वयंसेवक काममा जुटेका छन् । ११औं दिनमा एमालेले अस्थायी घर तथा विद्यालय गरी करिब ८ हजार १ सय अस्थायी संरचना निर्माण गरी हस्तान्तरण गरेको छ ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको लेले गाविस– ४, काभ्रेमा पुगी पुनर्निर्माणको काममा सक्रिय स्वयम्वेकहरुलाई उत्साहित बनाउनुका साथै उक्त काममा आ–आफ्नो क्षेत्रबाट सक्रियतापूर्वक सहयोग पुर्याउन स्थानीय समुदायलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले भन्नुभयो- ‘विपत्तिबाट आहत भएको मुलुकलाई अलिकति भए पनि मलमपट्टी लगाउने पवित्र उद्देश्यले हामीले पुनर्निर्माण अभियान थालेका छौं । यसले मिलेर राष्ट्रिय विपत्तिको सामना गर्न सबैलाई उत्प्रेरित गर्नेछ ।’
क्षेत्र नम्बरका १ का अध्यक्ष चेतनाथ सञ्जेल, युवा संघका रमेश पौडेल र मुक्ति समाजका बोमबहादुर विश्वकर्मालाई सावेल प्रदान गरेर अध्यक्ष ओलीले कार्यक्षेत्रमा नेतृत्व गर्न निर्देशन दिनुभएको थियो । उक्त अवसरमा पार्टीका उपमहासचिव तथा ललितपुरका अनुगमनकर्ता विष्णुप्रसाद पौडेल, बैकल्पिक पोलिट्ब्युरो सदस्य शेरधन राई, केन्द्रीय सदस्य सुशीला नेपाललगायतका नेताहरुको उपस्थिति थियो ।
पार्टी सचिव तथा सोलुखुम्बुका अनुगमनकर्ता पृथ्वीसुब्बा गुरुङले स्वयम्सेवकहरुद्वारा निर्मित चौलाखर्कस्थित जनसेवा निमाविको ९ कोठा भवन हस्तान्तरण गर्नुभएको छ । केन्द्रीय स्वयम्सेवक परिचालन समितिका संयोजक तथा पार्टी सचिव गोकर्ण विष्टले भक्तपुरका दुबै क्षेत्र र काठमाडौं– ९ मा भइरहेका निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।
सामान्य प्रशासनमन्त्री तथा पार्टी पोलिट्ब्युरो सदस्य लालबाबु पण्डितले काठमाडौ– ८ को स्वयम्भुस्थित ज्ञानमाला भजन घरको सरसफाइमा सरिक हुनुका साथै त्यस क्षेत्रमा भएको पुननिर्माण र भग्नावशेष सरसफाइको निरीक्षण गर्नुभएको छ ।
स्वयंसेवकले बुधबार गरेका थप कार्यहरु यसप्रकार छन् । एमालेले जारी गरेको विज्ञप्ती जस्ताको तेस्तै :
प्रेस नोट
विनाशकारी भूकम्पको चपेटामा परेका आम नागरिकलाई आफ्नोतर्फबाट सक्दो राहत पु¥याउन पार्टीले सुरु गरेको स्वयम्सेवक परिचालन अभियानको ११औं दिन आज पनि देशका २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा हाम्रा नेता–कार्यकर्ताहरु काममा जुट्नुभएको छ । यस अवधिमा अस्थायी घर तथा विद्यालय गरी करिब ८ हजार १ सय अस्थायी संरचना निर्माण गरी हस्तान्तरण गरिएको छ ।
पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ललितपुरको लेले गाविस– ४, काभ्रेमा पुगी पुनर्निर्माणको काममा सक्रिय स्वयम्वेकहरुलाई उत्साहित बनाउनुका साथै उक्त काममा आ–आफ्नो क्षेत्रबाट सक्रियतापूर्वक सहयोग पु¥याउन स्थानीय समुदायलाई आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले भन्नुभयो– ‘विपत्तिबाट आहत भएको मुलुकलाई अलिकति भए पनि मलमपट्टी लगाउने पवित्र उद्देश्यले हामीले पुनर्निर्माण अभियान थालेका छौं । यसले मिलेर राष्ट्रिय विपत्तिको सामना गर्न सबैलाई उत्प्रेरित गर्नेछ ।’ क्षेत्र नम्बरका १ का अध्यक्ष चेतनाथ सञ्जेल, युवा संघका रमेश पौडेल र मुक्ति समाजका बोमबहादुर विश्वकर्मालाई सावेल प्रदान गरेर अध्यक्ष ओलीले कार्यक्षेत्रमा नेतृत्व गर्न निर्देशन दिनुभएको थियो । उक्त अवसरमा पार्टीका उपमहासचिव तथा ललितपुरका अनुगमनकर्ता विष्णुप्रसाद पौडेल, बैकल्पिक पोलिट्ब्युरो सदस्य शेरधन राई, केन्द्रीय सदस्य सुशीला नेपाललगायतका नेताहरुको उपस्थिति थियो ।
पार्टी सचिव तथा सोलुखुम्बुका अनुगमनकर्ता पृथ्वीसुब्बा गुरुङले स्वयम्सेवकहरुद्वारा निर्मित चौलाखर्कस्थित जनसेवा निमाविको ९ कोठा भवन हस्तान्तरण गर्नुभएको छ ।
केन्द्रीय स्वयम्सेवक परिचालन समितिका संयोजक तथा पार्टी सचिव गोकर्ण विष्टले भक्तपुरका दुबै क्षेत्र र काठमाडौं– ९ मा भइरहेका निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।
सामान्य प्रशासनमन्त्री तथा पार्टी पोलिट्ब्युरो सदस्य लालबाबु पण्डितले काठमाडौ– ८ को स्वयम्भुस्थित ज्ञानमाला भजन घरको सरसफाइमा सरिक हुनुका साथै त्यस क्षेत्रमा भएको पुननिर्माण र भग्नावशेष सरसफाइको निरीक्षण गर्नुभएको छ ।
काठमाडौंः क्षेत्र नम्बर १ को थापागाउ“मा ढलेको घरको भग्नावशेष सफा गर्नुका साथै डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रमको टहरा निर्माण गरिएको छ ।
क्षेत्र नम्बर ४ को कपनमा १३ वटा जोखिमपूर्ण घरहरुबाट सामान निकालेर भत्काइएको छ । साथै, चपलीमा दुईवटा घर निर्माण गर्नुका साथै बुढानिलकण्ठ नपा र सुकुम्बासी टोलमा घर भत्काइएको छ ।
क्षेत्र नम्बर ५ को हा“डीगाउ, बालुवाटार, महाराजगन्ज, धापासी, टोखा, बुढानिलकण्ठ, खड्का भद्रकाली र बसन्थलीमा बस्न नहुने गरी चर्किएका घरहरु सुरक्षित रुपमा भत्काइएको छ ।
क्षेत्र नम्बर ७ मा शान्ति शिक्षा सदन, ठहि“टी, नेपाल युवक मावि, पकनाजोल र नागार्जुन मावि तारकेश्वरमा विद्यालय भवन निर्माण गरिएको छ ।
क्षेत्र नम्बर ९ को बलम्बुमा ७, स्युचाटारमा १, सुनारगाउ“मा १ र पुरानो नैकापमा १ गरी १० वटा चर्किएका घर भत्काइएको छ ।
क्षेत्र नम्बर १० को चन्द्रागिरी नगरपालिका– ८ मा ११ वटा घर सफा गरिनुका साथै कीर्तिपुर– २, गल्छेंमा एउटा अस्थायी घर निर्माण गरिएको छ ।
ललितपुरः क्षेत्र नम्बर १ को लेलेमा १५ वटा अस्थायी घर निर्माण गरिएको छ ।
क्षेत्र नम्बर २ को सिद्धिपुर र टिकाथलीमा गरी २० वटा चर्किएका घर भत्काइएको छ ।
क्षेत्र नम्बर ३ को ठैवमा १२ वटा घर भत्काइएको छ ।
भक्तपुरः क्षेत्र नम्बर १ को चा“गुनारायण नगरपालिका– १, पिखेलमा दुई अस्थायी घर निर्माण गरिएको छ भने वडा नम्बर १५ र १६ मा ७ वटा घर निर्माण गरिएको छ ।
क्षेत्र नम्बर २ को सुवर्णेश्वर निमावि सूर्यविनायकमा टहरा बनाउनुका साथै ४ नम्बर वडामा जीर्ण घर भत्काइएको छ ।
रामेछापः मुगुका पूर्व सांसद चन्द्रबहादुर शाहीको नेतृत्वमा रामेछापमा खटिएको कर्णाली अञ्चलको टोलीले गौरीशंकर उच्च माविका भत्किएका संरचनाहरु हटाएर टहरा बनाउने काम जारी राखेको छ । उक्त काममा नेपाली सेनाको पनि सहभागिता रहेको छ । उक्त टोलीले रामेछापमा १७ वटा विद्यालय बनाइसकेको छ ।
सिन्धुपाल्चोकः क्षेत्र नम्बर २ स्थित सदरमुकाम चौतारामा रहेको श्रीकृष्ण रत्नगंगा उच्चमाविको पुनर्निर्माण सुरु गरिएको छ ।
क्षेत्र नम्बर ३ मा युवा संघ नेपालका महासचिव राजीव पहारी नेतृत्वको टोलीले विद्यालय भवनहरुको निर्माण कार्य जारी राखेको छ ।
सोलुखुम्बुः स्वयम्सेवकहरुद्वारा निर्मित चौलाखर्कस्थित जनसेवा निमाविको ९ कोठा भवनको पार्टी सचिव तथा यस जिल्लाका अनुगमनकर्ता पृथ्वीसुब्बा गुरुङले हस्तान्तरण गर्नुभएको छ । साथै, त्यहा“ ३ वटा अस्थायी घर बनाउनुका साथै ३ वटा चर्किएका घर भत्काइएको छ ।
काभ्रेः क्षेत्र नम्बर १ को विर्ता देउरालीमा ११ वटा अस्थायी घर, ७ वटा घर र मंगल विजय उमाविको भवन पुनर्निर्माण गरिएको छ भने क्षेत्र नम्बर २ को काशीखण्ड नगरपालिकाका १, २ र ३ नम्बर वडामा ३० वटा घर र मथुरा उच्च माविको चर्किएको भवन भत्काइएको छ ।
क्षेत्र नम्बर ३ को ढुंखर्कमा ५८ वटा चर्किएका घर भत्काइएको छ भने २८ वटा अस्थायी घरको निर्माणको पार्टीका पूर्व जिल्ला अध्यक्ष गोकुल बा“स्कोटाले सुरुआत गर्नुभएको छ । देउपुर र नया“ गाउ“मा गरी १ सय ८ अस्थायी घर निर्माण गरिनुका साथै महाकाली उमावि, नया“ गाउ“को भवन बनाइएको छ । आजै नया“ गाउ“मा ६ वटा घर निर्माण, एउटा विद्यालयको भग्नावशेष सफा र दुईवटा घरबाट अन्नपात आदि निकालिएको छ ।
क्षेत्र नम्बर ४ को जैसीथोकमा चर्किएका ५० घर भत्काइनुका साथै विद्यालय भवनहरु निर्माण सुरु गरिएको छ । साथै, पा“चखाल– १६ मा घर भत्काउने र अस्थायी घर निर्माण कार्य अघि बढेको छ ।
गोरखाः पृथ्वीनारायण नगरपालिका– १३ स्थित सरस्वती उमावि, सिनामको डेढ सय फिट लामो विद्यालयको भग्नावशेष पन्छाएर पुनर्निर्माण सुरु गरिएको छ । बैकल्पिक पोलिट्ब्युरो सदस्य तुलबहादुर गुरुङको नेतृत्वमा गाइखुरको कालामाटामा विद्यालय पुनर्निर्माण गरिएको छ ।
सिन्धुलीः क्षेत्र नम्बर १ को पोखरी गाविसमा १४ अस्थायी घर बनाइएको छ भने बाहुन–तिल्पुङ गाविसमा चर्किएका घर भत्काइनुका साथै दुई अस्थायी घर बनाइएको छ ।
क्षेत्र नम्बर २ को बासेश्वर र क्षेत्र नम्बर ३ को हरिहरपुरगढीमा निर्माण कार्य जारी छ ।
धादिङ ः क्षेत्र नम्बर १ को आरुघाटमा ४ वटा घर निर्माण गरिएको छ ।
क्षेत्र नम्बर २ स्थित कालीदेवी निमावि, मुरलीभञ्ज्याङ, चण्डेश्वरी उमावि निगालपानी र शंखादेवी मावि खाल्टे–पात्लेमा अस्थायी भवन निर्माण गरिएको छ ।
क्षेत्र नं.३ को थाक्रे गाविसमा ६१ वटा अस्थायी घर निर्माण गरिएको छ भने २८ वटा घर मर्मत गरिएको छ । यहा“ २ वटा विद्यालय भवन सफा गर्नुका साथै एउटा घर भत्काइएको छ ।
लमजुङ ः क्षेत्र नम्बर १ को गौंडा गाविसमा १५ र क्षेत्र नम्बर २ को परेवाडा“डा गाविसमा ५० घर पुनर्निर्माण गरिएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघबाट परिचालित स्वयम्सेवकहरुमध्ये लोकतान्त्रिक ह्योल्मो संघले सिन्धुपाल्चोक– ३ मा २७ घर बनाएको छ भने लोकतान्त्रिक नेवाः संघले काठमाडौं– ४ मा १५० घर भत्काएको छ । लोकतान्त्रिक सुनुवार संघले रामेछापको भीरपानीमा १९ वटा घर बनाइरहेको छ भने लोकतान्त्रिक किरा“त–राई संघले ललितपुर– १ स्थित महालक्ष्मीस्थान नगरपालिकामा २७ अस्थायी घर बनाएको छ । लोकतान्त्रिक थामी, सुरेल र जिरेल संघका स्वयम्सेवकहरु दोलखामा परिचालित छन् ।
हार्दिक समवेदना
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानका संयोजनकर्ता तथा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य कमरेड रुपनारायण श्रेष्ठकी ममतामयी आमा चन्द्रमाया श्रेष्ठको ८७ वर्षको उमेर आज विहान ७ः३० बजे मोरङको टा“डी– ८ स्थित आफ्नै घरमा निधन भएको खबरले हामीलाई दुखित तुल्याएको छ । काठमाडौंको लप्सीफेदी–नाङ्लेभारेमा कार्यस्थलमा खटिरहेको बेला आमा विरामी भएको खबर सुनेर कमरेड श्रेष्ठ हिजै मात्र मोरङतर्फ लाग्नुभएको थियो । दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रुपनारायण श्रेष्ठलगायत शोकसन्तप्त सिंगो परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली, भूकम्पपीडित राहत तथा उद्दार केन्द्रीय समन्वय समितिका संयोजक तथा पार्टी महासचिव ईश्वर पोखरेल र राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानका संयोजक तथा पार्टी सचिव कमरेड गोकर्ण विष्टले कमरेड रुपनारायणप्रति समवेदनाका साथ दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।
सूर्य थापा
उपप्रमुख
केन्द्रीय प्रचार समिति
















प्रतिक्रिया