६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको रातोपुलमा आगलागी, एक जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । काठमाडौंको रातोपुलमा आगो लाग्दा धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका-९ रातोपुल बस्ने कुलबहादुर लुईटेलको घरमा धूपबाट आगो सल्कन गई बुधबार आगलागी हुँदा कम्प्युटर, टीभी, अन्य सरसामान गरी करीव १ लाख रुपैयाँ वरावरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी पिसाङ-७ बस्ने तेनर्नुपा गुरुङको घरमा बुधबार आगलागी हुँदा घर र अन्य सरसामान गरी करीव ४५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगोले जलेर सोही ठाउँ बस्ने ५६ वर्षीय कान्छा गुरुङ घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । घरधनी स-परिवार काठमाडौं बस्ने गरेको बुझिएको छ ।

यसैगरी दाङ धर्ना-७ नैनवार बस्ने कमल के.सी.को चमेना पसलमा बुधबार ग्यांस चुहिएर आगलागी हुँदा पसलको सम्पुर्ण सरसामान जलेर करीव २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।