६ कार्तिक २०८३, शुक्रबार

पत्रकारका हितमा छवटा ‘एजेन्डा’ समावेश गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra_bistaगौशाला, २० जेठ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले अब बन्ने नयाँ संविधानमा पत्रकारको हितमा छवटा ‘एजेन्डा’ समावेश गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले महोत्तरीको बर्दिवासमा पाँचदिने खोज पत्रकारिताका लागि सूचनाको हकसम्बन्धी तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले गैरपत्रकारका कारण व्यावसायिक पत्रकारिता धरासायी हुँदै गएकाले महासङ्घले शुद्धीकरण अभियान कडाइका साथ लागू गर्ने बताउनुभयो ।

अध्यक्ष डा विष्टले संविधान पत्रकारमैत्री बन्ने र श्रमजीवी पत्रकारको पेसागत सुरक्षा, भौतिक सुरक्षा, बीमा, समावेशीतालगायतका विषय संविधानमा समावेश गराउन आफूले पहल गर्ने उल्लेख गर्नुभयो ।

शनिबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा महोत्तरी, धनुषा, सिरहा सप्तरीका ५० जनाभन्दा बढी पत्रकारको सहभागिता रहेको छ । पाँचदिने तालिममा खोजमूलक पत्रकारिताका लागि सूचनाको हक, श्रमजीवी पत्रकारिता ऐन, पत्रकारको सुरक्षाबारे प्रशिक्षण दिइनेछन् । रासस