२९ आश्विन २०८३, बिहिबार

चट्याङ लागेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cha
पानीटयाङकी (मोरङ), २१ जेठ । बुधवार बिहान अविरल वर्षासँगै परेको चट्याङ लागेर मोरङमा एक जनाको मृत्यु भएको छ ।

बिहान खेतमा काम गरिरहेको अवस्थामा ८ बजेतिर वर्षासँगै परेको चट्याङ लाग्दा नोचा– ९ का ४० वर्षीय दयालाल शाहको मृत्यु भएको हो ।

चट्याङबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनायो ।