६ कार्तिक २०८३, शुक्रबार

सोलुखम्बुमा विषालु घाँस खाँदा तीन जना वेहोस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० जेठ । सोलुखम्बुमा विषालु घास खाँदा एकै परिवारका तीन जना गम्भीर बिरामी भएका छन् ।

सिन्धुली जिमा–८ का ४५ वर्षीय मानसिंह तामाङ, ३५ वर्षीय मिलन र १३ वर्षीय आइते तामाङ बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

टाक्टिङ–४स्थित झाक्रेमा मङ्गलबार भेँडा चराउने क्रममा जङ्गली विषालु घाँसलाई साग सम्झी पकाएर खाएपछि उनीहरु अचेत भएर बिरामी भएका हुन् ।

उनीहरुकोे टाक्टिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रासस