२८ कार्तिक २०८३, शनिबार

महासचिव पोखरेलद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालय अवलोकन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित जनवादी गणतन्त्र चीनको राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताहरुले गरेको कष्टसाध्य संघर्ष र असाधारण वलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न यो संग्रहालयले सहयोग गर्ने महासचिव पोखरेलले बताए ।

उनले संग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जिवन्त राखेको बताए । चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका अग्रजहरुले छिचोलेर आएको बाटो र देखाएको उज्यालोलाई संग्रहित गरेको यो संग्रहालयले इतिहासको सम्झना र अग्रजहरुप्रति सम्मान जगाउने महासचिव पोखरेलको भनाइ छ ।